‘छक्का पञ्जा २’ मा धुर्मुस र निर्मल नहुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘छक्का पञ्जा २’ मा धुर्मुस र निर्मल नहुने


१० बैशाख २०७४, आइतबार


काठमाडौं । ‘छक्का पञ्जा २’ मा अब कलाकार तथा निर्माता निर्मल शर्मा र सीताराम कट्टेल बाहिरिएका छन् । योभन्दा अघि एउटै कम्पनीका साझेदार बनेर उनीहरूले ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ बनाए । त्यस्तै योभन्दा अघिका चलचित्रमा सीताराम पनि निर्माता र कलाकारको रूपमा अगाडि आएका थिए । तर यसपटक भने सीताराम ‘छक्का पञ्जा २’ सँग जोडिने छैनन् ।

त्यस्तै चलचित्रमा छक्का पञ्जाका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान र संगीतकार राजनराज सिवाकोटी पनि नदोहोरिने भएका छन् । पुरुषोत्तम प्रधान अर्को चलचित्रमा व्यस्त रहेकाले उनी यस चलचित्रमा नदोहोरिने बताइएको हो ।

प्रतिक्रिया दिनुहोस