दुर्घटनामा एकको मृत्यु, छ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्घटनामा एकको मृत्यु, छ घाइते


१० बैशाख २०७४, आइतबार


बस दुर्घटना

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतवार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नं.को ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नं.को ट्रक आइतवार बिहान दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस