२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियाबाट १८ नेपालीको उद्धार

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले शुक्रबार ती नेपालीको उद्धार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्बद्ध अधिकारीलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारका लागि पहल गरेको थियो । सरकारको कूटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरुको उद्धार गरी नेपाल ल्याइएको हो । १८ नेपालीको उद्धारका लागि सरकार आफैँले हवाई टिकटको व्यवस्था गरेको थियो ।

उद्धार गरी नेपाल ल्याइएकामा बाँकेका शानबहादुर बुढामगर, खोटाङका ईश्वर विक, रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुङका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फणिन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान, रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुङ्गाका सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौँका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जय कुमार नाउ छन् । रासस

0 Comments