गजल « प्रशासन
Logo १७ चैत्र २०७९, शुक्रबार
   

गजल


९ बैशाख २०७४, शनिबार


भन्छिन् उनी चेहरामा मुस्कान आउँदैन
जबसम्म प्रदेश हिंडेको श्रीमान् आउँदैन

ए ! बालक तिमी मन्दिर हैन अदालत जाउ
न्याय दिन कानुन आउँछ भगवान आउँदैन

गाउँलेकी छोरी यस कारण रोजेको हुँ मैले
सहरबाट जागीरे आउँछ किसान आउँदैन

मलाई अचम्म लाग्छ किन बार बार यसरी
जीवनमा समस्या आउँछ सावधान आउँदैन

ऐंचोपंैचो गरौंला बरु आउ बेलैमा घरबार जोडांै
बितेको जीवन आउँदैन ढलेको बिहान आउँदैन

Tags :
प्रतिक्रिया दिनुहोस