गीत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गीत


९ बैशाख २०७४, शनिबार


आफ्नै कुरा गरिरहन्छौ, आफैं बोलिरहन्छौ ।
जैलेसुकै जनतालाई, किन पोलिरहन्छौ ?

ओ ! नेता जी
हाम्रो कुरा कहिले सुन्ने हो ?
गाउँमा बाटो खोलामा पुल, झुपडीमा बिजुली
अनि घर घरमा धारा, कहिले बन्ने हो ?

भोट माग्न आँगन आँगन, खुबै गरि धाउने ।
कस्तो चाला हो त्यो भन, जितेर हराउने ।।
तिम्ले महल भेटेदेखी, बिर्सिदिँदा गाउँ ।
दिनदिनै भाछ यहाँ, के खाउँ के लाउँ ।।
ओ ! नेता जी
हाम्रो दुःख कहिले देख्ने हो ?
बारीमा बीउ, खेतमा मल, बिमारीमा ओखती
अनि भोकमा अन्नगाँस, कहिले पुग्ने हो ।

छुवाछूत भेदभाव, समानताका कुरा ।
देखाईदेउ तिमी आफै, कति भए पूरा ।
छुट्याछैन डोको नाम्लो, मिल्याछैन न्याय ।
सर्बहारा रोएकै छन, उस्तै छ अन्याय ।

ओ! नेता जी
हाम्रो ब्यथा कैले बुझ्ने हो ?
आँङ्गमा टालो, मनमा शान्ति , बिचारमा स्वतन्त्र
अनि भन नयाँ नेपाल, कैले बन्ने हो ?

प्रतिक्रिया दिनुहोस