राष्ट्रपति भण्डारी स्वदेश फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७४, शनिबार


काठमाडौँ । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता भएकी छिन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गरेका छन् ।

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख ३ गते त्यसतर्फ गएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस