सिड्नीका रेल स्टेशनहरु खतरापूर्ण बन्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिड्नीका रेल स्टेशनहरु खतरापूर्ण बन्दै


७ बैशाख २०७४, बिहिबार


अष्ट्रेलिया (एजेन्सी) । अष्ट्रेलियाको सिड्नीका विभिन्न रेल स्टेशनहरु अत्याधिक भिडभाडका कारण खतरापूर्ण बन्न थालेको एक अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेशनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकता अनुसार नभएको उल्लेख गरिएको छ ।

सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवतजावत बढी भएर मान्छेहरुको भिडभाड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताए ।

उनले भने, “अत्याधिक धेरै मान्छेहरुले रेलको प्रयोग गर्दछन्, अत्याधिक भिडभाडका कारण उनीहरु आफै आजित भएका छन् ।” यसलाई कम गर्न अवदेखि नै धेरैकाम एकपछि अर्को गर्दै जानुपर्ने उनको भनाई छ ।

यात्रुहरु रेलमा चढ्ने, बस्ने, ओर्लिने, रेल कुर्ने आदी कार्यमा केही सुधार गर्न सकिने जस्तो देखिने उनले बताए ।

अत्याधिक धेरै जनसङ्ख्या बढ्दै जानु र एउटै मान्छेले पनि पटक पटक रेल प्रयोग गरिरहनु पर्ने कारण पनि समस्या उत्पन्न भएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस