२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

अ+ अ-

काठमाडौँ । सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन सम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन आग्रह गरेकी छिन् ।

‘लोकतन्त्रको आधारः सूचनाको अधिकार’ भन्ने मूल नाराका साथ बिहिवारबाट सुरु भएको सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलन, २०७४ को बिहिवार उद्घाटन गर्दै सभामुख घर्तीले १९ वर्षपछि आएको स्थानीय तहको निर्वाचनमा सबै नागरिकलाई सहभागिता गराउन निर्वाचनसम्बन्धी सूचनालाई सञ्चार माध्यमबाट प्रवाह गर्न आग्रह गरिन् ।

“लोकतान्त्रिक व्यवस्थालाई जनउत्तरदायी बनाउन सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको हन्छ, सूचनाको हकको महत्वलाई आत्मसात् गरी नेपालको संविधानले धारा २७ अन्तर्गत मौलिक हकका रूपमा सूचनाको हकको ग्यारेन्टी गरेको छ”– सभामुख घर्तीले भनिन् ।

संवैधानिक व्यवस्थाका अतिरिक्त राज्यका काम कारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँचलाई सहज बनाउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन व्यवस्थापिका–संसद् मार्फत पारित गरी लागू गरेको सभामुख घर्तीको भनाइ छ ।

सूचना आयोगले आयोजना गरेको सो सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले सूचना सहजै रूपमा सार्वजनिक गरे पनि तल्लो निकायले सूचना सार्वजनिक गर्न आनाकानी गर्दै आएको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले सूचनाको हकसम्बन्धी ऐन पत्रकारका लागि मात्र नभएर समग्र जनताका लागि भएको हुँदा त्यसको प्रयोग गरी सूचना लिनुपर्नेमा जोड दिए । एकदिने सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस