सुमो दुर्घटनामा दुईको मृत्यु, सात घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुमो दुर्घटनामा दुईको मृत्यु, सात घाइते


७ बैशाख २०७४, बिहिबार


बस दुर्घटना

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको पिपलभञ्ज्याङमा बुधवार सुमो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ना १ ज ५४४४ नंको सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा जयकुमार यादव र सरोज मण्डल रहेका छन् । तर उनीहरुको ठेगाना भने खुल्न सकेको छैन ।

दुर्घटनामा धनुषा बलबखर–१ निवासी १९ वर्षीय जितनारायण यादव, सोही ठाउँकै ४० वर्षीय आश्विन यादव, सोही ठाउँकै २० वर्षीय सुरेन्द्र राय यादव र बलबखर–८ निवासी राकेश यादव घाइते भएका छन् । गम्भीर घाइते धनुषाकै सपही–२ निवासी २२ वर्षीय रामवरण मण्डललाई वीरअस्पताल, काठमाडौँमा उपचारका लागि पठाइएको छ ।

अन्य चारजनाको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको, तीनजनाको घटनास्थलबाट उद्धार गरी बर्दिवासतर्फ उपचारका लागि पठाइएको छ । उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौँतर्फ गएकामा उडान नभएपछि धनुषातर्फ फर्कनलागेका थिए ।

प्रहरीका अनुसार सुमो घुम्तीबाट करिब तीनसय मिटर तल खसेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस