दुर्घटनाग्रस्त प्रहरी हेलिकोप्टरमा सवार सवैको मृत्यु « प्रशासन
prasaLogo
६ बैशाख २०७४, बुधबार

दुर्घटनाग्रस्त प्रहरी हेलिकोप्टरमा सवार सवैको मृत्यु


प्रकाशित मिति : 19 April, 2017 11:20 am

अङ्कारा(एजेन्सी) । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको बताइएको छ । विमानमा एक न्यायाधिससहित प्राय सवै प्रहरी अधिकारी सवार थिए ।

एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मङगलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद भएको स्थानीय गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विमान दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन् ।

प्रतिक्रिया दिनुहोस