घुमाउनेको ढिस्को हटाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घुमाउनेको ढिस्को हटाइँदै


६ बैशाख २०७४, बुधबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि बुधवारदेखि सडक रोकेर पहिरो खसालिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको हो । सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ । सडकबाट करिब १५ मिटरको उचाइमा रहेको ढिस्कोमाथि काम गर्दा हल्लिन थालेपछि सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ढिस्को हटाउन लागिएको हो ।


उनका अनुसार बुधवार बिहान १० बजेदेखि चर्केको चट्टान पहाडबाट हटाउने काम सुरु गरिएको छ ।


उनका अनुसार बुधवार बिहान १० बजेदेखि चर्केको चट्टान पहाडबाट हटाउने काम सुरु गरिएको छ । चट्टान सकेसम्म आजै र नभए बिहीवारसम्ममा हटाइसक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्न सक्ने जोखिम देखेपछि मंगलवारदेखि नै सो ठाउँमा प्रहरी राखेर हेरेर पालैपालो सवारी चलाएको बताए । सो ठाउँमा प्रहरीको रेस्क्यु टिम पनि तैनाथ गरिएको छ । ढिस्को झारेर सफा नगरेसम्म सडकमा आवागमन सम्भव नभएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको उनले बताए । सो ठाउँमा ४४ मिटर माथिबाट चट्टान काट्ने काम भइरहेको छ ।

सो ठाउँमा ६ मिटर मात्र सडक चौडा छ । त्यहाँ रहेको पहाडलाई हटाएर १५ मिटर फराकिलो बनाइँदैछ । अहिले खस्न लागेको ढिस्को एकसय घनमिटरभन्दा बढी रहेको अनुमान गरिएको छ । सो ठाउँ नारायणगढबाट २२ किलोमिटरको दूरीमा पर्दछ । अहिले सो क्षेत्रमा दुईवटा ब्रेकर र एउटा एक्साभेटर प्रयोग गरेर काम गरिँदैछ । सो ठाउँमा चैत २१ गते पहिरो खसेर चार सवारीसाधन पुरिँदा मोटरसाइकलमा सवार एक र ट्याङ्करमा सवार अर्का एकजनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस