दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते


६ बैशाख २०७४, बुधबार


बस दुर्घटना

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा बुधवार बिहान यात्रु बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नंको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिंदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस