३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथामा

अ+ अ-

काठमाडौँ । विश्व शान्ति र मित्रताका लागि सात जनाको नेपाली टोलीले सगरमाथा आरोहण गर्ने भएको छ ।

विश्व शान्ति मितेरी मञ्चको आयोजनामा मंगलवार आयोजित झन्डा हस्तान्तरण कार्यक्रममा फुर्वाथिन्ले शेर्पाको नेतृत्वमा सगरमाथा जान लागेको जानकारी दिइएको हो ।

आरोहण टोलीलाई नेपाल तथा संयुक्त राष्ट्र सङ्घसँग आबद्ध देशको झन्डा हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाललाई चिनाउने सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथामा विभिन्न देशको झन्डा पु¥याउने अभियान सबैको साझा हो भन्दै यसका लागि बोर्डले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

आरोहण दलका संयोजक शेर्पाले विश्वमा भएको अशान्ति र कलह न्यूनीकरण होस् भन्ने उद्देश्यले आफूहरु सगरमाथा आरोहण गर्न लागेको बताए । पत्रकार ऋषि धमलाले सो अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

आरोहण दलमा संयोजक शेर्पासँगै आङ्गेली शेर्पा, फुर्वानिमा शेर्पा, निमालाक्पा शेर्पा, निमादोर्जे शेर्पा, पासाङनोर्बु शेर्पा र छिरिङ शेर्पा रहनुहुनेछ । टोली यही हप्ता सगरमाथा आरोहणका लागि जाँदैछ । रासस

प्रतिक्रिया दिनुहोस