राष्ट्रपति भण्डारीलाई फोरकोर्टमा मुखर्जी र मोदीको ‘सेरेमोनियल’ स्वागत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीलाई फोरकोर्टमा मुखर्जी र मोदीको ‘सेरेमोनियल’ स्वागत


५ बैशाख २०७४, मंगलबार


नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।

भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् ।

उनले भनेका छन्,‘घनिष्ठ छिमेकिलाई विशेष सम्मान । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन फोरकोर्टमा आलंकारिक स्वागत ग्रहण गर्नुभएको छ ।’

राष्ट्रपति भण्डारीलाई सुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए । राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो ।

त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन गर्ने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया दिनुहोस