सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरु


४ बैशाख २०७४, सोमबार


काठमाडौँ । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमवारदेखि सि.सं.२४ कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ । एक समारोहकाबीच बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले तालिमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा थापाले तालिमको सफलताको कामना गर्दै उक्त तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाहरुको मूल्याङ्कन गर्न, योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तालिममा नेपाली सेनाका तर्फबाट ४४ जना, नेपाल प्रहरीबाट १ जना, सशस्त्र प्रहरी बलबाट २ जना र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ जना अनुसन्धान अधिकृतलगायत बङ्गलादेश, भारत, मलेशिया, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, दक्षिण कोरिया र अमेरिकाका १/१ जना र चीनका २ जना गरी जम्मा ५८ जना शिक्षार्थीहरु सहभागी छन् ।

साथै तालिममा सहभागी विदेशी शिक्षार्थी अधिकृतहरुमा दक्षिण कोरिया र माल्दिभ्सबाट पहिलो पटक सहभागी भएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो ।

प्रतिक्रिया दिनुहोस