मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


४ बैशाख २०७४, सोमबार


काठमाडौँ । यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुलुकका सातै प्रदेशमा आइतवारसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । प्रत्येक जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने क्रममा मधेसका केही जिल्लामा मोर्चा सम्बद्ध घटकले केही अवरोध सिर्जना गर्ने प्रयास थिए । यद्यपि, आइतबार अपराह्नसम्म सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन् ।

मुलुकका सातै प्रदेशमा जम्मा ७४४ वटा स्थानीय तह निर्वाचनका लागि ७५ मुख्य निर्वाचन अधिकृत र ६६९ निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले यसअघि नै नियुक्ति गरिसकेको छ ।

आयोगले ६६९ निर्वाचन अधिकृतको कार्यालय पनि यही वैशाख १२ गते स्थापना गर्ने तयारी गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस