३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रोजगारीका लागि विदेशिनु पर्दैन- उद्योग मन्त्रालय’

अ+ अ-

काठमाडौँ । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगको विकासमा प्राथमिकता दिने निर्णय पनि गरेको छ ।

साथै प्रविधि हस्तान्तरण र प्रशोधनयन्त्रका लागि सरकारले अनुदान दिने, औद्योगिक पूर्वाधारको विकास तथा विदेशमा बस्ने नेपालीलाई नेपाली वस्तु उपभोगमा विशेष कार्यक्रम चलाउने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रालयको नियमित बजेटको अलावा कार्यक्रमका लागि थप तीन अर्ब ५० करोड बजेट आवश्यक हुने भएकाले अर्थ मन्त्रालयसँग पहल गर्ने बताइएको छ ।

बैठकलाई सम्बोधन गर्दै उद्योगमन्त्री जोशीले नयाँ उद्योगलाई आकर्षण गर्ने तथा पुराना उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेको बताए ।

मन्त्रालयका सचिव शङ्कर कोइराला, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्मा तथा पूर्व सदस्य डा पुष्कर बज्राचार्यले देश विकासका लागि उद्योगधन्दाको विकास गरिनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस