मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः कानुनमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः कानुनमन्त्री


३ बैशाख २०७४, आइतबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मधेसी मोर्चाले सरकारसँगको छलफलमा सहमति जनाउने तर बाहिर भने आन्दोलनको घोषणा गरेर नाटकीय चरित्र देखाएको आरोप लगाएका छन् । आइतवार आयोजित अन्तक्र्रियामा कानुन मन्त्री नायकले मोर्चाको विचार नाटकीय रुपमा बाहिर आएको बताए । उनले सरकार मोर्चाको मागको हदैसम्म लचकता अपनाएर सम्बोधन गर्न लागिपरेको बेला मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यनजक भएको बताए ।

तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै मन्त्री नायकले संसदमा दर्ता भएको दोस्रो संविधान संशोधन प्रस्तावमा मोर्चाले नै उठाएका सबै माग समेटिएकाले अपुग भएका कुरा छलफलमा बसेर टुङ्गो लगाई निर्वाचनमा जानुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता रमेश रिजालले मधेसलाई बाहिर राखेर निर्वाचन हुन नसक्ने भएकाले मोर्चालाई निर्वाचनमा जाने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले कुनैपनि हालतमा निर्वाचन सार्न नहुने भन्दै जनताको मूल्याङ्कनको सामना गर्न सक्ने भए मोर्चाले निर्वाचनमा भाग लिनुपर्ने बताए । उनले सरकारले मोर्चाको सहमतिमा दोस्रो संशोधन प्रस्ताव ल्याएको भने पनि मोर्चाले विरोध गरिरहेकाले सरकारले एकलौटी रुपमा प्रस्ताव ल्याएको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस