विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यालय भवन पुनःनिर्माणका लागि प्रवासीबाट १२ लाख सहयोग


३ बैशाख २०७४, आइतबार


म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको १२ लाख १२ हजार दुई सय शनिबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका याम पुनको संयोजनमा १३ जनाले सो रकम सङ्कलन गरेर पठाएका हुन् ।

सहयोगदाताका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुन र प्रअ रामबहादुर पुनलाई रकम हस्तान्तरण गरेका थिए ।

स्थानीयस्तरबाट सहयोग सङ्कलन गरेर तीन करोडको लागतमा ३० कोठे पक्की भवन निर्माण कार्य अघि बढाइएको छ । पहिलो चरणमा १० कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ७६ लाख खर्च भएकामा २० लाख ऋण रहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस