१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो भएनः उपप्रधानमन्त्री थापा

अ+ अ-

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कुरा राम्रो नभएको बता
एका छन् ।

सनिवार सदरमुकाम गुलरियामा भेरी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताए ।

उनले भने – “मुलुक निर्वाचनमा होमिइसकेको छ । अब बहिष्कार गर्ने कुरा कसैले गर्नु राम्रो हुँदैन ।” उनले निर्वाचन तोकिएकै मितिमा गरेरै छाड्ने बताए ।

“निर्वाचनको बहिष्कार गर्नु भनेको नेपाली जनतालाई अधिकारबाट वञ्चित गर्नु हो, जनताको अधिकार सुनिश्चित गर्न निर्वाचन बहिष्कारको कुरा गर्नु उपयुक्त हुँदैन,” अध्यक्ष थापाले भने ।

सिंहदरबारमा रहेको अधिकार अब जनताको घरदैलोमै पुग्ने भएकाले सबै जनतालाई निर्वाचनमा भाग लिन उनले आग्रह गरे । मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको अध्यक्ष थापाको भनाइ थियो । उनले निर्वाचन बहिष्कार गर्ने निर्णयबारे पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरे ।

केही दल जातजाति, भाषा, भूगोलजस्ता विषयलाई लिएर नेपाली जनताबीचको एकतालाई भाँड्न लागिपरेकाले सबै सचेत हुनुपर्नेमा थापाले जोड दिए ।

भेरी अञ्चलस्तरीय भेलालाई राप्रकाका महामन्त्री धवलशम्शेर राणा, केन्द्रीय सदस्यहरु फत्तेसिंह थारु, कुन्ती शाही, कोमल वलीलगायतले सम्बोधन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस