२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी छेडाए बुद्धकृष्णले जिब्रो

अ+ अ-

भक्तपुर । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा शनिवार दिउँसो सम्पन्न भएको छ ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जात्रामा शनिवार थिमी बोडे–८ का ४५ वर्षीयका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेर महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा सम्पन्न गरेका हुन् ।

कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौं मानिसकै अगाडि बाग श्रेष्ठको जिब्रो छेडिएको थियो ।

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकिएको थियो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुपर्ने श्रेष्ठले बताए ।

विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडाएका थिए भने यसवर्ष पारिवारिक समस्याका कारण उनले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष कायम राखेका हुन् ।

परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको बताउँदै उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए । उनले भने– “विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, मैले त्यही वर्ष जिब्रो छेडें, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि निरन्तर कोरिया नेपाल मैत्री अस्पताल ठिमीको अस्पतालमा एम्बुलेन्स चलाइरहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि आठ वर्षपछि जिब्रो छेड्ने निर्णय गरेको हुँ ।”

त्यसअघि अर्थात् २०६२ साल अगाडि उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर यो परम्परा जोगाएका थिए । उनी अहिले जिब्रो छेडाउने कार्य गर्दै आएका छन् ।

परम्परा जोगाउनका लागि मध्यपुर थिमी नगरपालिकाले गतवर्ष रु ४४ हजार सहयोग गरेको बताउँदै यसवर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले बताए।

बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिन सके बोडेका बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस