भगवान आकासमा उडिरहेछन्
मान्छे पतालमा गुडिरहेछन् ।
मान्छेलाई भर्याङ बनाएर चढ्नेहरू
उता सत्ताका लागि लडिरहेछन् ।
माथिबाट तथास्तु भन्दाभन्दै
पातालमा मान्छे रोगभोकले मरिरहेछन् ।
आकासका बिरामी पैसामा सुताउँदा
पातालका मान्छे पिठ्युँमा मरिरहेछन् ।
आकासको महलमा रिसैरिसको ढुकुटी
यै झुपडी ठिक छ सबै सङ्गै बाँचिरहेछन् ।