Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते


१ बैशाख २०७४, शुक्रबार


भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका व्यक्ति भएको र उनको पहिचान हुन नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

लिङ्गो भाँचिएर घाइते भएलगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भएको थियो ।

घाइते हुनेमा सूर्यविनायक–६ का सुमन तज, च्यामासिंहका रामकृष्ण दुवाल, भक्तपुर नपा–११ का बालकृष्ण लिला, कमलविनायकका कृष्णभक्त दुवाल र नासमनाका सुरेन्द्र कैती रहेको उनले जानकारी दिए ।

बिहिवार साँझ भक्तपुर नगरपालिका भेलुखेलस्थित ल्यासिंखेलमा हजारौँ मानिसको सहभागितामा तान्त्रिक विधिअनुसार ५५ हात लामो ईन्द्रध्वजासहितको लिङ्गो उठाउने क्रममा अचानक भाँचिएको थियो ।

लिङ्गो भाँचिएपछि स्थानीयले राति १० बजे अर्को लिङ्गो ठड्याएका छन् । स्थानीयका अनुसार लिङ्गो भाँचिनुलाई अपसगुन र अनिष्टको सङ्केतको रुपमा लिने गरिएको छ ।

गुठी संस्थान भक्तपुरले लिङ्गो भाँचिएमा अर्को लिङ्गो उठाउनका लागि विकल्पको रुपमा दुईवटा लिङ्गो ल्याउने गर्दछ । लिङ्गो भक्तपुरको चित्तपोलस्थिल सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरेर ल्याउने गरिन्छ ।

चैत मसान्तको दिनमा लिङ्गो उठाएर भोलि नयाँ वर्षदेखि भव्य बिस्केट जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने परम्परा छ । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आगामी ५ गते सम्पन्न हुने गर्दछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस