काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् ।
शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उहाँले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए । राज्यले ध्यान पुर्याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गरे । रासस