संयुक्त राष्ट्रसङ्घ(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी निकायले ईराकको पश्चिमी मोसुलबाट दुई लाख ८५ हजार जनता विस्थापित भएको जनाएको छ ।
लामो समयदेखि द्वन्द्वग्रस्त क्षेत्रमा अहिले पनि लडाई जारी रहेकाले विस्थापित हुनेहरुको संख्या पनि बढीरहेको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।
“ईराकको पश्चिम मोसुल र पुर्बी मोसुल गरी दुवै ठाउबाट विस्थापित हुनेहरुको कुल सङ्ख्या ३ लाख ५५ हजार पुगेको छ,” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसका प्रवक्ता स्टेफन डुजरिकले पत्रकार सम्मेलनमा भने ।
गत अक्टोबरदेखि अहिलेसम्म मोसुलमा भएको सैन्य कारबाहीमा परी मोसुलबाट ४ लाख ४६ हजार विस्थापित भएका छन् । ती मध्ये ९१ हजार जना भने फिर्ता भएको बताइएको छ ।