निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले सोचेको छैनः आयुक्त शर्मा « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले सोचेको छैनः आयुक्त शर्मा


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


धनगढी । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने कुरा आयोगले नसोचेको बताएकी छन् ।

धनगढीमा पत्रकारसँग कुरा गर्दै आयुक्त शर्माले निर्वाचन दुई चरणमा गर्न सरकारबाट आदेश आएमा समस्या नरहने स्पष्ट पारिन् । उनले भनिन्, “दुई चरणमा गर्ने आदेश आएमा सोच्न सकिन्छ ।”

यसैबीच, आयोगले यहाँ राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीसँग निर्वाचन आचारसंहिता, अनुगमन, उजुरी व्यवस्था एवम् निर्वाचन विवाद निरुपण विषयमा छलफल गरेको छ ।

कार्यक्रममा आयोगका सहसचिव दिनेश घिमिरेले निर्वाचन आचारसंहिताका विषयमा प्रष्ट्याएका थिए ।

सो अवसरमा विभिन्न राजनीतिक दलसँग आबद्ध प्रतिनिधिले विगतका निर्वाचनभन्दा आगामी निर्वाचन केही फरक संरचनाको भएकाले मतदाता शिक्षा व्यापकरुपमा सञ्चालन गर्नुपर्ने र आचारसंहिताको अक्षरशः पालना गर्न आयोगले विषेश ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

यसैबीच, नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा कुन व्यक्तिलाई उठाउने भन्ने टुङ्गो लगाएको छ ।

उपमहानगरको प्रमुखमा धनगढी–७ का रामसमझ राना र उपप्रमुखमा वडा नं ८ की शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निधो गरेको उक्त पार्टीका केन्द्रीय सदस्य रमेश धामीले जानकारी दिनुभयो ।

यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्ट र टीकापुर नगरपालिकाको प्रमुखमा शिव थापालाई उठाउने निधो भएको धामीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस