Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । उनले किशोरकुमार प्रधानलाई पराजित गर्दै नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्ष हात पारेका हुन्। महासंघको नयाँ विधानअनुसार नयाँ कार्य समितिको अध्यक्षमा भवानी राणा हुनेछिन् भने त्यसपछि स्वतः गोल्छा अध्यक्ष बन्नेछन्।

मंगलबार भएको महासंघको चुनावबाट गोल्छा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । खसेको कुल मतमध्ये गोल्छाले ६३.७० प्रतिशत र ३६.३० प्रतिशत मत ल्याएका छन् । नयाँ कार्य समितिले बुधबार पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

मंगलबार भएको महासंघको चुनावबाट गोल्छा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

गोल्छाले जिल्ला–नगरबाट ६१ र प्रधानले ४२ मत, वस्तुगत समूहबाट गोल्छाले ४७ र प्रधानले ५१ मत ल्याएका थिए । त्यसैगरी एसोसिएटतर्फ गोल्छाले पाँच सय चार र प्रधानले एक सय २३ मत प्राप्त गरेका थिए ।
महासंघको तीन उपाध्यक्षमध्ये दुई गोल्छा र एक प्रधानको प्यानलबाट विजयी भएका छन् । वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटतर्फ चन्द्र ढकाल र जिल्ला–नगर समूहको तर्फबाट प्रमोद श्रेष्ठ विजयी भएका छन् । उमेशलाल र ढकाल गोल्छा प्यानलबाट र प्रमोद प्रधानको प्यानलबाट विजयी भएका हुन् । ढकाल यसअघि नै सर्वसम्मत भएका थिए । कोषाध्यक्ष महासंघको बहुमत सदस्यबाट छानिने हुँदा उक्त पदमा पनि गोल्छा समूहकै आउने पक्का भएको छ ।
एसोसियटमा उपाध्यक्षसहित सम्पूर्ण १९ जना गोल्छाको प्यानल जितेको छ ।

जिल्ला–नगर समूहतर्फबाट ५३ मत ल्याउँदै प्रमोद श्रेष्ठ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनेश श्रेष्ठले जम्मा ४८ मत मात्र ल्याए । जिल्ला–नगरमा १८ जना केन्द्रीय सदस्यमा निर्वाचन भएको थियो । त्यसमध्ये १६ जना शेखर गोल्छा समूहबाट र दुई जना किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका छन्। यस समूहको लागि एक सय चार मत खसेको थियो ।
जिल्ला–नगरमा निर्वाचित हुने सदस्यहरूमा उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ (नेपालगन्ज), दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची) ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी विजयी भएका छन् । त्यसैगरी देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीले बराबरी मत (५७) ल्याएका थिए ।

वस्तुगत समूहतर्फको उपाध्यक्ष विजयी भएका उमेशलालले ४७ मत ल्याए भने प्रधान समूहबाट उम्मेदवारी दिएका शंकर पाण्डेयले ३८ मत प्राप्त गरे । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अनुप मल्लले ११ मत ल्याएका थिए भने दुई मत मदर भएको थियो ।

वस्तुगत समूहतर्फको १४ सदस्यमध्ये गोल्छा समूहबाट १२ जना सदस्यले चुनाव जितेका छन् । प्रधान समूहबाट दुई जनाले जितेका छन् ।

गोल्छा समूहबाट अन्जन श्रेष्ठ, कमला श्रेष्ठ, आकाश अधिकारी, विनोद ढकाल, सन्दिप अग्रवाल र हेमराज ढकाल छन् । प्रधान समूहबाट शकुन्तला हिराचन, शिव घिमिरे र तिलचन्द्र भट्टराईले निर्वाचन जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस