Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि डेढ करोड बजेट


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


काठमाडौँ । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि डेढ करोड छुट्याएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए ।

मन्त्री थापाले भने, “चालु आर्थिक वर्षका लागि मात्र उक्त रकम छुट्याइएको हो । आवको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने छ ।” सरकारले यसअघि नै मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि निःशुल्क गरिसकेको छ ।

निःशुल्क उपचार गर्दा सरकारले आर्थिक भार थेग्न सक्दैन भन्ने आएका टिप्पणीबारे मन्त्री थापाले सरकारले स्वास्थ्यमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै बजेट छुट्याउने र स्वास्थ्यकर कोषको रकम पनि स्वास्थ्यमा खर्च गरे समस्या नआउने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस