Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिरिया विवादबारे छलफल गर्न टिलरसन मस्कोमा


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


मस्को(एजेन्सी) । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुगेका छन् ।

टिलरसनको मस्को बसाइँमा उनले रसियाली उच्च अधिकारीसँग सिरियाली राष्ट्रपति बसर अल असदको सेनाले इदलिबमा गरेको रासायनिक हतियार आक्रमणका विषयमा रसियाद्वारा असदप्रति प्रकट गरेका प्रतिबद्धतालाई छोडी विश्व समुदायलाई सघाउन आग्रह गर्ने बताइएको छ ।

रसियाका लागि छुट्नुपूर्व जी–७ राष्ट्रका विदेश मन्त्रीहरुको बैठकमा टिलरसनले रसियाले सिरियाद्वारा गत हप्ता इदलिबमा गरेको रासायनिक हतियार आक्रमणपछि यसपूर्व सिरियाली असद सरकारसँगको सहकार्यबारे सोच्नुपर्ने बतएका थिए ।

टिलरसन मङ्गलबार राति मस्कोमा बिताएपछि बुधबार आफ्ना रसियाली समकक्षी सर्गेइ लाभरोभसँग सिरियाबारे छलफल गर्नेछन् । यद्यपि टिलरसनका पूर्ववर्तीलाई जस्तै रसियाली राष्ट्रपति पुटिनले स्वागत गर्नेछन् वा छैनन् भन्ने विषयमा मङ्गलबारसम्म टुङ्गो नलागेको रसियाली अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस