Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्त


प्रशासन संवाददाता

२९ चैत्र २०७३, मंगलबार


काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मंगलवार सिरहा र सप्तरीबाट समेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको हो ।

आयोगका अनुसार सिरहामा दुई सय १८ र सप्तरीमा दुई सय ९२ मतदानस्थल रहने छन् । केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण आयोगलाई प्राप्त भएको थियो ।

स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने व्यवस्था रहेको छ ।
निर्वाचन केन्द्रको सङ्ख्या भने मतदाता सङ्ख्याको चापलाई दृष्टिगत गरी निर्धारण गरिने आयोगले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस