Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाइसधारामा मेला भर्न घुइँचो


२९ चैत्र २०७३, मंगलबार


काठमाडौँ । प्रत्येक वर्ष चैत पूर्णिमामा लाग्ने बाइसधारा मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।

उक्त स्थानमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने परम्परा छ । सो मेला भरेमा विभिन्न चर्म रोगबाट मुक्त भई दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ । त्यहाँ आएकामध्ये कोही जामाचोमा रहेको बौद्ध चैत्यमा समेत जाने गर्छन् । उक्त चैत्यमा विपस्सी बुद्ध आएर ध्यान गरेको विश्वास छ । अघिल्लो दिन बौद्धनाथ चैत्यमा मेला भर्न आएका भक्तजनसमेत त्यहाँ आएर स्नान गरी स्वयम्भूमा दर्शन गर्न जाने प्रचलन छ ।
मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट दर्शनार्थीको विशेष घुइँचो लागेपछि बालाजुबाट त्यस क्षेत्र चल्ने सवारी साधनको आवतजावत रोकिएको छ ।

बाइसधारा मेला व्यवस्थापन समितिका सदस्य राजु लामाले यस वर्ष मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाएर दर्शनार्थीसँग समन्वय गरी भिड व्यवस्थापन गरिएको जानकारी दिए । साँझसम्म करिब ५० देखि ६० हजार झक्तजन आउने अनुमान छ ।

मेलामा सहभागी भक्तजनको सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । केही संस्थाले निःशुल्क पिउने पानी वितरण गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस