काठमाडौं । गुण्डा नाइके दावा लामामाथि अज्ञात समुहले मंगलवार गोली प्रहार गरेको छ । प्रहरीका अनुसार राजधानीको बौद्ध स्थित दिब्य पार्टी प्यालेसमा छिर्दै गर्दा उनीमाथि अज्ञात व्यक्तिले गोली हानेको हो ।
दावाको कोखमा गोली लागेको बताइएको छ । उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।