Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अन्नपूर्ण आधार शिविर पदमार्गमा जोडियो


प्रशासन संवाददाता

२९ चैत्र २०७३, मंगलबार


म्याग्दी । म्याग्दीको नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गमा जोडिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविरसम्म जोड्ने पदमार्गको स्तर वृद्धि गर्न लागिएको छ । पर्यटन विभागको ४० लाख अनुदानमा गत वर्ष नारच्याङ गाउँदेखि छेलुङ हुँदै निलगिरि खोलाको किनारै किनार भएर आधार शिविर पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको थियो ।

पदमार्ग क्षेत्रमा पूर्वाधार निर्माणका लागि यस वर्ष रु २० लाख बजेट प्राप्त भएको गाउँ संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए । “पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ,” गुरुङले भने– “यस वर्ष पदमार्गको स्तरवृद्धि र विस्तार गरेर सहजरुपमा आवतजावत गर्न सक्ने बनाउँछौँ ।”

अब नारच्याङबाट नेपाली एकै दिन र विदेशी दुई दिनमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सक्ने अध्यक्ष गुरुङले बताए।

यसअघि सहज पदमार्ग नहुँदा हेलिकप्टर तथा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधार शिविर जानुपर्ने बाध्यता थियो । अब नारच्याङबाट नेपाली एकै दिन र विदेशी दुई दिनमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्न सक्ने अध्यक्ष गुरुङले बताए।

अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को १० लाख अनुदानमा निलगिरि खोलामा दुई वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अप्ठ्यारो ठाउँमा बाटो विस्तार गर्न पर्यटन बोर्डले जिल्ला समन्वय समितिमार्फत छ लाख उपलब्ध गराएको छ ।

एक्यापले नारच्याङ्को लेक गाउँमा सामुदायिक विश्राम गृहको भवन निर्माण गर्न दुई लाख २१ हजार र लेकगाउँ–खोप्रा पदमार्ग बनाउन दुई लाख सहयोग गरेको छ । यो पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविर सबैभन्दा छिटो पुग्न सकिन्छ ।

एक्याप इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुईकेलले पुराना पदमार्ग सडकका कारण विस्थापित भएको अवस्थामा नारच्याङ–अन्नपूर्ण बेसक्याम्प पदमार्ग वैकल्पिक गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।

पदमार्गको स्तरवृद्धिसँगै त्यहाँ पुग्ने पर्यटकको आवास सुविधाका लागि सामुदायिक विश्रामगृह सञ्चालन गर्न एक्यापले दिग्दर्शन तयार पारेर वन मन्त्रालयमा पेस गरेको छ । “हिमाली क्षेत्रका नयाँ गन्तव्यमा आवासको समस्या रहेको छ,” कुर्इंकेलले भने– “विद्यामान ऐन नियमसँग नबाँझिने गरी त्यस क्षेत्रमा सामुदायिक होटल सञ्चालनका लागि जग्गा भाडामा दिने व्यवस्था मिलाउन पहल गरिएको छ ।”

समथर फाँट निलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पति, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस