Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर


प्रशासन संवाददाता

२९ चैत्र २०७३, मंगलबार


नयाँदिल्ली(एजेन्सी) । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा हस्ताक्षर भएको छ ।

भारत भ्रमणमा रहेका अस्ट्रेलियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौताका विषयमा गहन छलफल पछि सम्झौतामा हस्ताक्षर गरिएको भारतले बताएको छ ।

सम्झौता हस्ताक्षर भएपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, “अस्ट्रेलिया र नयाँ दिल्लीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयलाई समीक्षा गर्दै दुई देशबीचको साझा विषयमा सहकार्यका लागि अग्रगामी निर्णयहरु लिन केही नयाँ सम्झौतासमेत गरिएको छ ।”

सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारत प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका विषयमा जोड दिँदै आतङ्कवाद र साइवर सुरक्षाका लागि विश्वव्यापी रणनीति र समाधान खोजिनुपर्ने बताए ।

त्यसैगरी, अस्ट्रेलियाली प्रधानमन्त्री टनबुलले आफ्नो मुलुकले भारतसँगको मजबुत एवम् सुमधुर सम्बन्धका लागि थप निकटमा रहेर काम गर्ने बताए ।

मेरो भारत भ्रमणले यसअघि मजबुत एवम् मित्रवत् रहँदै आएको सम्बन्ध थप मजबुत बनेको छ, टर्नबुलले संयुक्त पत्रकार सम्मेलनका क्रममा बताए।

टर्नबुलले आफ्ना भारतीय समकक्षीले भारतमा आर्थिक प्रगति र विसकासका लागि गरेको नेतृत्व प्रशंसनीय भएको बताउनुभयो । भारतको सफलता विश्वका लागि प्रेरणाको स्रोत बनेको भन्दै अस्ट्रेलियाले धेरै विषयमा भारतसँग सम्बन्ध जोड्न चाहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस