Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेस र पहाडबीच तिक्तता बढाउने षड्यन्त्रबाट सावधान हुनुपर्छ– काँग्रेस शीर्ष नेता


२९ चैत्र २०७३, मंगलबार


दाङ । नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गरी संविधानको पूर्ण कार्यान्वयन गर्न तोकिएकै अवधिमा तीनै तहको निर्वाचन आवश्यक भएको बताएका छन् ।

‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी प्रदेश नं. ५ को दाङ तुलसीपुरमा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँहरुले सानातिना बखेडा झिकेर निर्वाचन बिथोल्न खोज्ने तथा पहाडी र मधेसीबीच तिक्तता बढाउने षड्यन्त्रदेखि सावधान हुनुपर्नेमा जोड दिए ।

उनीहरुले राष्ट्रियताको कुरा गर्दा शत्रुता होइन मित्रता, मेलमिलाप र सद्भाव बढाउने काम गर्नुपर्छ भने । नेताहरुले निर्वाचनमा पार्टीबाट विद्रोह गरी बागी उठ्नेलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिए ।

चुनावी घोषणपत्र तयारी र निर्वाचन परिचालन समिति गठन गरेर वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा केन्द्रित भएको काँग्रेसले आइतबार कैलालीको धनगढीबाट चुनावी सभा सुरु गरेको भोलिपल्ट सोमबार काँग्रेसले दाङमा ५ नं. प्रदेशको सभा गरेको हो । पहिलो चरणको चुनावी सभा मङ्गलबार भैरहवामा र बुधबार पोखरामा हुँदैछ ।

सोमवारको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पहाडी र मधेसीबीच झगडा गराएर देशलाई कमजोर पार्ने काम गरेको आरोप लगाए ।

“सीमा कुरेर बस्ने मधेसी कसरी राष्ट्रघाती हुन सक्छन्, हामी हिमाल, पहाड, तराई सबै मिलेर बस्नुपर्छ, यो देश महिला, दलित, जनजाति, सीमान्तकृतसहित सबै वर्ग र क्षेत्रको नेपालीको हो”, सभापति देउवाले भने । उनले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको र त्यसले मात्र संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गर्न सक्छ भने ।

सभापति देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा मेरो तेरो होइन राम्रो र जित्ने मान्छेलाई दिनुपर्छ भन्दै कोही बागी र विद्रोही बने तिनलाई कडा कारबाही गर्ने चेतावनी दिए । “पार्टीको उम्मेदवारविरुद्ध अन्तर्घात र विद्रोह गर्नेलाई पार्टीबाट निकालिनेछ, अनुशासनको कडा कारबाही हुन्छ”, नेता देउवाले भने ।

सभामा पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयता, समावेशिता, गणतन्त्रलगायत उपलब्धिलाई संविधानले संस्थागत गरेकाले सानातिना कुरा गरेर मधेसवादी दल अल्झिन नहुने र सद्भाव, मेलमिलाप र एकता खलबलाएर द्वन्द्व निम्त्याउने बाटो एमालेले लिन नहुने बताए ।

काँग्रेस किसानको पार्टी र मजदुरको साथी भएको बताउँदै उनले भने,“राष्ट्रियताको कुरा गर्दा विभाजन र शत्रुता होइन एकता र मित्रता कायम गरी हिमाल, पहाड, तराईबीच सद्भावनाको बीउ रोपेर काँग्रेस अघि बढ्छ, मधेसका असन्तुष्टिलाई सम्बोधन गर्छ ।”

उनले  योग्यता, क्षमता, लोकप्रियता र जितेपछि काम गर्न सक्ने व्यक्तिलाई पक्षविपक्ष नभनी निष्पक्ष र न्यायिक ढङ्गले टिकट दिइनुपर्ने बताउँदै उहाँले सबै एकजुट भएर पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

महामन्त्री डा. शशाङ्क कोइरालाले जसले पार्टीलाई हराउन खोज्न उसको तत्काल सदस्यता खारेज गरिनेछ भने । उनले काँग्रेसको सिद्धान्त, इतिहास र कार्यकर्ता नै यसको शक्ति भएको बताउँदै जनताको घरदैलामा पुगी जनताको मन जितेर काँग्रेसका उम्मेदवारले काम गर्नुपर्छ भने ।

नेता कृष्णप्रसाद सिटौलाले मधेसलाई भड्काएर राष्ट्रवाद हुँदैन भन्दै परिवर्तनलाई संस्थागत गर्न सबै वर्ग, जातजाति, क्षेत्र र भूगोलका मानिस एकजुट हुनुपर्नेमा जोड दिए । पार्टी केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री दीपक गिरीले काँग्रेस सधैँ दिगो शान्ति र विकासका पक्षमा भएको बताए ।

काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, पार्वती डिसी चौधरी, सांसद बुद्धिराम भण्डारी, अनिता देवकोटा, राजु खनाल, सुशीला चौधरी, काँग्रेस बर्दिया सभापति सञ्जय गौतम, बाँके सभापति किरण कोइराला, रोल्पा सभापति अमरसिंह पुन र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरालगायतले संविधान कार्यान्वयन, दिगो शान्ति स्थापना र विकासका लागि आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस