राप्रपाः हिन्दू धर्मको पहिचान मुख्य कार्यसूची « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

राप्रपाः हिन्दू धर्मको पहिचान मुख्य कार्यसूची


२९ चैत्र २०७३, मंगलबार


नगरकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले स्थानीय तहको चुनावमा हिन्दू धर्मको पहिचान फर्काउने कार्यसूची आफ्नो पार्टीको रहने बताएका छन् ।

चाँगुनारायण नगरपालिका – ८ मा सोमवार आयोजित कार्यकर्र्ता भेटघाट कार्यक्रममा उनले देशमा नयाँ शक्तिको खाँचो रहेको औँल्याउँदै जनताको मनमा राप्रपा आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राजसंस्था र हिन्दू धर्मसापेक्षताका नै राप्रपाको मुख्य माग हुने बताए । स्थानीय नेता आत्माराम तिमिल्सिना तथा जितबहादुर नेपालसहित जिल्ला सदस्य जयबहादुर कार्की, रामकुमार कार्की, जमुना थापा, बच्चुराम पराजुली लगायतले सम्बोधन गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस