Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काश्मिर झडपमा पाँच जनाको मृत्यु


प्रशासन संवाददाता

२८ चैत्र २०७३, सोमबार


श्रीनगर(एजेन्सी) । भारत प्रशासित काश्मिरमा उप–निर्वाचनलाई भाड्ने योजनासहित मतदान केन्द्रमा आक्रमण गर्ने समूहमाथि सुरक्षाकर्मीले चलाएको गोली लाग्दा आइतबार कम्तिमा पाँच जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

प्रमुख निर्वाचन अधिकृत शान्तमनुका अनुसार उक्त समूहका केही मानिसले मतदानका लागि केन्द्रमा राखिएको विद्युतीय मतदान यन्त्रलाई नियन्त्रणमा लिई करिब एक दर्जन स्थानमा मतदान प्रक्रियालाई अवरुद्ध गर्न खोज्ने प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाइएको गोली लागि पाँच जनाको मृत्यु भएको हो ।

श्रीनगर संसदीय निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनलाई रोक्ने र निर्वाचनलाई सञ्चालन गर्ने क्रममा सुरक्षाकर्मी र विद्रोहीवीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको स्थानीय प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा गतवर्ष काश्मिरमा भएको आन्दोलनका क्रममा स्थानीय केही सर्वसाधारणको मृत्युभएको भन्दै विरोधमा सो क्षेत्रका एक सांसदले राजिनामा दिएपछि उक्त सिट खाली हुनआएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका प्रहरीले जनाएको छ ।

काश्मिरमा भारतको सार्वभौमसत्तालाई चुनौति दिदै आएका केही पृथकतावादी समूहले उप–निर्वाचनलाई बहिस्कार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस