Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यटन प्रवद्र्धनका लागि ‘नमस्ते अभियान’ सुरु


प्रशासन संवाददाता

२८ चैत्र २०७३, सोमबार


काठमाडौँ । मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ, पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था लगायतको सहयोगमा अभियान सुरु भएको हो ।

आइतवार आयोजित एक कार्यक्रममा राज्य मन्त्री पर्शुराम तामाङले अभियानको शुभारम्भ गर्दै अभियानले नेपालको सांस्कृतिक क्षेत्र, सम्पदा तथा पर्यटन क्षेत्रका बारेमा अन्तर्राष्ट्रिय तहमा जानकारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले करिब तीन प्रतिशत योगदान गरेको बताउँदै अतिथिलाई स्वागत सत्कार गरी राम्रो सूचना उपलब्ध गराएर उनीहरुलाई प्रभाव पार्नसकेमा पर्यटकले नै देशको बारेमा प्रचार गर्ने बताए ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिँदै सन् २०१८ सम्ममा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

अभियान काठमाडौँका साथै लुम्बिनी, पोखरा र चितवनबाट सुरु भएको र आगामी दिनमा अन्य जिल्लामा विस्तार गरिनेछ । सन् २०१६ मा करिब आठलाख पर्यटक नेपाल आएको बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस