२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय मेलमिलापले मात्र देशमा समृद्धिः काँग्रेस शीर्ष नेता

अ+ अ-

धनगढी । नेपाली काँग्रेसका शीर्ष नेताहरुले महामानव बिपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अनुशरणबाट मात्रै राष्ट्र समृद्धिको बाटोमा जाने बताएका छन् ।

‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारासहित पार्टीले आज ७ नं. प्रदेशअन्तर्गत पर्ने कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी आमसभाको उद्घाटन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले देशका सबै जातजाति वर्ग क्षेत्रका जनताबीचको एकताले मात्रै राष्ट्रिय एकता बलियो हुने बताए ।

“बिपी कोइरालाको मेलमिलापको नीतिले मात्र देशमा १० वर्षमा समृद्धि छाउँछ,” सभापति देउवाले भने– “पहाड, मधेस, जनजाति विरोधी भावनाले राष्ट्रिय एकता हुँदैन ।” एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षडयन्त्रमा लागेको उनले आरोप लगाए ।

एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै देउवाले भने, “उखानटुक्का र मधेस विरोधी भावनाले देश बन्दैन ।” बिनाकारण एमालेले मधेसी जनतालाई चिढाएको उनले बताए ।

मधेसी, पहाडी, जनजाति, थारुबीच मेलमिलाप हुन नदिने ठूलो षडयन्त्र भइरहेको छ, यो व्यवहार काँग्रेसलाई मान्य हुँदैन्– सभापति देउवाले भने । देशको विकास काँग्रेसले मात्रै गर्नसक्ने बताउँदै उहाँले मिलेर बसेको समाजलाई बिखण्डन गर्ने तत्वप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा दशकौँदेखि भएका आन्दोलनले राजनीतिक व्यवस्थाको छिनोफानो गरिसकेकाले अब कृषि, पर्यटन, ऊर्जाको अधिकतम उपयोग गरी मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिने बताए ।

नेता पौडेलले १० वर्षमा देशलाई समृद्धिको दिशामा लैजाने काममा काँग्रेस लागेको बताए । एमालेले राष्ट्रवादको भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले मधेसी जनता के–कारणले रिसाए भनेर आत्मसमीक्षा गर्न एमालेलाई आग्रह गरे ।

उनले भने, “कम्युनिष्ट समस्या सिर्जना गर्छन्, समस्याको समाधान काँग्रेसले गर्छ ।” पौडेलले मधेसी मोर्चा सम्बद्ध दलतर्फ लक्षित गर्दै ठूलो परिवर्तनपछि बनेको संविधानले सङ्घीयता, लोकतन्त्र, समावेशीजस्ता उपलब्धि दिएकाले यी उपलब्धिलाई संस्थागत गर्नेतर्फ लाग्नुपर्छ भने ।

नेता पौडेलले आगामी चुनावमा काँग्रेलाई धोका हुनु हुँदैन भने । नेता कार्यकर्ताको योगदान क्षमता र लोकप्रियताका आधारमा आगामी चुनावमा टिकट वितरण गर्न सल्लाह दिँदै पौडेलले भने, “पार्टी पद्धति र सहमतिमा नै चलाउनुपर्छ यसो हुनसकेमा मात्र काँग्रेसलाई कसैले हराउन सक्दैन ।”

काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गरिब र धनीबीच रहेको दूरी कम गर्नु नै काँग्रेसको समाजवाद रहेको उल्लेख गर्दै कम्युनिष्ट विचार संसारबाट समाप्त भइसकेको बताए । काँग्रेसभित्रको गुटबन्दीको अन्त्य हुनसकेमा मात्र सफलतामा पुग्न सकिने उनको भनाइ थियो ।

महामन्त्री कोइरालाले चुनावमा जसले टिकट पाउँछ त्यसलाई जिताउन सबैले लाग्नुपर्ने बताउँदै भने, “चुनावमा बागी उम्मेदवार भई पार्टी पराजित गर्नेलाई कारबाही गरिनेछ ।”

काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काँग्रेसले जे बोल्छ त्यो गर्छ, नगर्ने कुरा बोल्दैन भने । देशमा उत्पन्न अतिवादी सोचलाई समाप्त पार्न काँग्रेस सक्षम रहेको बताउँदै सिटौलाले तोकिएको निर्वाचन कुनै पनि बहानामा सार्न पाइँदैन भने ।

आमसभा आयोजक समितिको संयोजक एवम् कैलाली काँग्रेसका सभापति नरनारायण साहको सभापतित्वमा भएको सो सभामा केन्द्रीय सदस्य एनपी साउद, भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, वनराज्यमन्त्री दीर्घराज भाट, केन्द्रीय सदस्य बद्री पाण्डे, ईश्वरी न्यौपाने, नेविसङ्घका अध्यक्ष नैनसिँह महर र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतलगायतले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन नेता कार्यकर्तालाई एकढिक्का हुन जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस