मेची अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेची अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन


२७ चैत्र २०७३, आइतबार


भद्रपुर । सरकारले ल्याएको अस्पताल सुधार तथा जनपहुँच विस्तार कार्यक्रमअन्तर्गत मेची अञ्चल अस्पताल भद्रपुरमा आइतवारदेखि फार्मेसी(औषधालय) सेवा सुरु गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री तथा अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले संयुक्त रुपमा सो फार्मेसी कक्षको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रजिअ खत्रीले अस्पतालमा उपचार सेवा दिने कार्य रोकेर बिरामी रेफर गर्ने परम्परा रहेसम्म सरकारी अस्पतालमा जनविश्वास घट्ने भएकाले दक्षता र इमान्दारीपूर्वक कार्यमा सबै कर्मचारी लाग्न सके मात्र अञ्चल अस्पतालको स्तरवृद्धिमा जोड दिए ।

बिरामीले आठ सय ५० प्रकारका औषधि सहज रुपमा खरिद गर्न सक्ने गरी सुरु भएको फार्मेसी सेवाका लागि सरकारले पहिलो चरणमा रु १५ लाख दिएको अस्पताल प्रमुख डा. पीताम्बर ठाकुरले जानकारी दिए ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेल, समितिका सदस्य घनश्याम अधिकारी र झापा प्रहरी प्रमुख शैलेश थापाले अस्पतालमा कार्यरत जनशक्ति र विशेषज्ञको सेवा जनमैत्री हुनुपर्ने धारणा राखेका थिए ।

अस्पताललाई मेडिकल कलेज बनाउन भद्रपुरमा रहेका राजनीतिक दलले सर्वसम्मत निर्णय गरी भवन निर्माण, जग्गा खोजीलगायत संयोजनकारी कार्य गरिरहेका छन् । गत फागुनमा स्वास्थ्यमन्त्रीको निर्देशनमा आएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अस्पताल विकास र स्तरोन्नतिका लागि एक करोड २० लाख प्रदान गरेका थिए ।

का सांसद कृणप्रसाद सिटौलाको पहलमा अस्पतालमा सघन उपचार कक्ष र डायलोसिस सेवाका लागि यसअगाडि नै सरकारले बजेट पठाए पनि प्राविधिक आइनपुगेकाले सेवा सुरु हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस