काठमाडौँ । रत्न पुस्तकालयको तीनवर्षीय कार्यकालका लागि शशिविक्रम राणाका अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
नेपालको पुरानो र ऐतिहासिक पुस्तकालयको चौथो साधारणसभाले उपाध्यक्षमा वसन्त पराजुली, सचिवमा प्रकाश आचार्य, सहसचिवमा शकुन्तला पोखरेल र कोषाध्यक्षमा शङ्कर पौडेललाई तथा सदस्यमा कृष्णबहादुर हमाल, उपेन्द्रप्रसाद पौडेल, माधवराज लामिछाने, धनञ्जय पौड्याल, यशोदा उपाध्याय र प्रभा बुढाथोकीलाई चयन गरेको छ ।
वि.सं. २०१९ मा स्थापित अर्धसरकारी स्वामित्वको उक्त पुस्तकालय साहित्यिक पुस्तकका लागि लोकप्रिय छ । सरकारको सहयोग, भाडा र सदस्यता शुल्कबाट सञ्चालन हुँदै आएको पुस्तकालय शनिबार बाहेक अन्य बेला साँझ ४ देखि ६ बजेसम्म खुल्ने गरेको छ । दैनिक ६० भन्दा बढी पाठकले अध्ययन गर्ने गरेको सो पुस्तकालयमा करिब १० हजार शीर्षकभन्दा बढी पुस्तक रहेको सचिव आचार्यले जानकारी दिनुभयो । रासस