Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लोकतन्त्रको मूल्यमान्यताप्रति काँग्रेस प्रतिवद्धः महामन्त्री कोइराला


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थापनाकालदेखि नै नेपाली काँग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताप्रति विश्वास राख्दै आएको बताएका छन् ।

संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानवअधिकारजस्ता विषयमा आफू बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढङ्गले प्रतिबद्ध रहिआएको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शक्तिपृथकीकरणको सिद्धान्तबमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति आफू सचेत रहेको कोइराको भनाइ छ । “कार्यपालिकाको क्षेत्राधिकार बारे म जति स्पष्ट छु, सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नुपर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको जानकारी गराउन चाहन्छु,” विज्ञप्तिमा भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस