आगलागीबाट वीस लाख बराबरको क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगलागीबाट वीस लाख बराबरको क्षति


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


भद्रपुर । झापाको भद्रपुर नगरपालिकाअन्तर्गत किरात कलोनी नजिकै देवेन्द्र बस्नेतको चन्द्रा फर्निचर उद्योगमा आइतवार बिहान आगलागी हुँदा करिब २० लाख बराबरको फर्निचर तथा काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्युत् सर्ट भई सुरु भएको आगोलाई सशस्त्र प्रहरी, जनपद प्रहरी र भद्रपुर दमकलले बिहान ६ बजे निभाएका थिए । आगलागी विहान साँढे दुई बजेतिर सुरु भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस