Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गरिएको छ ।

गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा शनिवार लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगिएसँगै रथायात्रा समापन भएको हो ।

नगरका विभिन्न स्थानमा हुँदै बिहीबार लगनमा पु¥याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु गरिने सो जात्रामा विभिन्न स्थानमा रथलाई बास बसाएर धार्मिक गतिविधि गरिएका थिए ।

वर्षमा विधि विधानपूर्वक एकपटक यसरी रथयात्रा गरिने चलन रहेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका प्रतिनिधि विनोद तुलाधरले जानकारी दिए। रथयात्राको अवधिभर स्थानीय क्लब तथा सङ्घसंस्थाले समेत सहयोग गरेका थिए ।

उक्त अवसरमा जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन् । मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस