३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन र नुवाकोटमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु

अ+ अ-

नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आइतवार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हुँदा गाडी धनी सुदन न्यौपाने र गाडी चालक मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।
दुर्घटनामा परी गाडीमा यात्रारत बेलकोटगढी नगरपालिका–२ का २४ वर्षका श्रीकृष्ण न्यौपाने र २३ वर्षका राममणि न्यौपाने घाइते भएका छन् ।

गम्भीर घाइते भएका उनीहरुको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुमरीबाट कुखुरा बोकेर काठमाडौँ जान लागेको बा २ ख ४२५१ नम्बरको मिनीट्रक झ्याङ्लीपोखरी–जुरेथुम सडकखण्ड पूरा गरी पासाङल्हामु सडकखण्डमा पुगेको केही दूरीमा नै ककनी गाँउपालिका–४ ह्याकुले भन्ने स्थानमा दुर्घटना भएको थियो ।
त्यसैगरी , चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौं आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा शनिवार राति ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुने भारतीय नागरिकमध्ये भारतको सीतामाणि बस्ने वर्ष ३९ को नितेशकुमार सिंह र सोही स्थान बस्ने वर्ष ४५ को सञ्जयकुमार शर्मा र अर्का मृतक पुरुष रहेको र उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

सोही कारमा रहेको भारत सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस