गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


२६ चैत्र २०७३, शनिबार


जिन्दगी ऋणै–ऋणमा उडेर जान्छ ।
हेर्दाहेर्दै एकै छिनमा उडेर जान्छ ।

मध्यरातमा लुकेर जान्छ भन्छन्,
तर एकाएक दिनमा उडेर जान्छ ।

न छ कुनै बाधा नत कुनै अबरोध,
नत कुनै कठिनमा उडेर जान्छ ।

भो यसलाई वशमा पार्न नखोज,
अर्कैको अधिनमा उडेर जान्छ ।

के गर्छौ धन र सम्पत्तिले यहाँ ?
एक, दुई र तिनमा उडेर जान्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस