Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पुर्याउने भएको छ ।

“विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पुर्याइन्छ,” हुलाक विभागद्वारा शुक्रवार आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भने– “हुलाकीमार्फत घरघरमा पैसा पु¥याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ ।”

आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पुर्याइने छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने निर्देशक अधिकारीले बताए ।

हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ । विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाकीमार्फत घरघरमा पैसा पठाउनेबारे मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस बारे कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस