Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेसवादी दलले जनतालाई अल्मल्याएको छः अध्यक्ष ओली


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका आरोप लगाए ।

अध्यक्ष ओलीले देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमालेले देशलाई पछाडि फर्काउन प्रयासलाई सफल हुन नदिने भन्दै देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताए ।

यहाँका केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उनले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पारे ।

“हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्नेखालका छैनन्”, उनले भने– “पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ ।”

कार्यक्रममा अध्यक्ष ओलीले संस्कृतिविद् शङ्कर पोखरेल (मोरङ)लाई नगद २५ हजार राशिको जनसांस्कृतिक पुरस्कार–२०७३ र १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की (म्याग्दी) लाई प्रदान गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस