Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


सिन्धुली । अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन ।

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ ।

महिला सङ्घले पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा अनिवार्य टिकट दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको महिला सङ्घका जिल्ला अध्यक्ष गङ्गा दाहालले बताइन् । स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुईजना सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिका तथा नगरपालिकाका वडामा उम्मेदवारी दिँदा अध्यक्ष पदमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेलगायत आठ बुँदे माग राखेको अध्यक्ष दाहालले बताइन् । नगरपालिकामा नगर प्रमुख र उपप्रमुख मध्ये अनिवार्य एक पदमा महिला हुनुपर्ने भए पनि काँग्रेसले कम्तीमा ३३ प्रतिशत नगर प्रमुखमा महिला उम्मेदवार बनाउनुपर्ने माग राखेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस