निर्वाचनपछि संविधान कार्यान्वयनले पूर्णता पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनपछि संविधान कार्यान्वयनले पूर्णता पाउने


२५ चैत्र २०७३, शुक्रबार


भीमदत्तनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन पूर्णता पाउने बताएका छन् ।

नेपाली काँग्रेस कञ्चनपुरले बिहिवार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानले कल्पना गरेको संरचनाअनुसार हुने निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुनेमा विश्वास व्यक्त गरे ।

असन्तुष्ट सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र अन्य पक्षसँग वार्ता र संवादका माध्यमबाट सहमतिका लागि पहल भइरहेको बताउँदै उनले भने, “सबैलाई निर्वाचनमा सहभागी गराउन काँग्रेसले छलफल चलाइरहेको छ, मुलुकको समृद्धि र आर्थिक विकासका लागि काँग्रेस अभिभावकत्वको भूमिका निभाउन तयार छ ।” रासस

प्रतिक्रिया दिनुहोस